सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाङ–३ मा रास्वपाका कमल सुवेदी  विजयी

२०८२ फाल्गुन २३, ०८:२३ रासस

दाङ: दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४ हजार २४८ मतसहित विजयी भएका छन्।

निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार सुवेदीले नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्। गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा (एमाले) का घनश्याम पाण्डेले १२ हजार १९५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले नौ हजार ३२८ मत पाएका छन्।

यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ७२० मतदाता रहेकामा ८९ हजार ५२७ मत खसेको थियो।

कमेन्ट लोड गर्नुस