सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावललाई हराउँदै अछाम–१ मा नेपाली काँग्रेसका भरत कुमार स्वाँर विजयी

२०८२ फाल्गुन २३, ०३:५३ खबर संवाददाता

अछामः प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार भरत कुमार स्वाँर विजयी भएका छन्। उनले १० हजार ७ सय ५८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार भीमबहादुर रावललाई पराजित गरेका हुन्।

रावलले १० हजार २ सय ३० मत प्राप्त गरेका छन्। स्वाँरले रावललाई ५ सय २८ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार दिपक साउँदले ७ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७ सय ४५ मत प्राप्त गरेका छन्।

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै स्वाँरलाई निर्वाचित घोषित गरिएको हो। अछाम–१ मा काँग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा देखिएको थियो।

कमेन्ट लोड गर्नुस