बाजुरामा कांग्रेसका गिरीको अग्रता
बाजुराः प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा बाजुरामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
जिल्ला समन्वय समिति बाजुरामा भइरहेको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले ४ हजार ५७४ मत ल्याएर अग्रस्थानमा छन्। उनलाई नेकपा (एमाले)का उम्मेदवार लालबहादुर थापाले पछ्एका छन्। थापाले ३ हजार २४५ मत प्राप्त गरेका छन्। यस्तै रास्वपाका हेमराज थापाले २ हजार ३३ मत प्राप्त गरेका छन्। कांग्रेसले सुरुवातीदेखि नै अग्रता लिएको छ।
शुक्रवार बेलुकी ७ बजेबाट सुरु भएको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिए। यहाँका ८७ हजार ८६१ मतदातामध्ये ४५ हजार ३९० जनाले मतदान गरेका थिए। एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्रसहित आठ जना उम्मेदवार छन्।