कञ्चनपुर–२ मा रास्वपाको अग्रता कायमै
कञ्चनपुरः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा जारी प्रत्यक्षतर्फको मतगणनाको पछिल्लो मतपरिणम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपकराज बोहराले फराकिलो मतान्तरसहित अग्रता कायम कायम गरेका छन्।
निर्वाचन अधिकृत प्रकासबहादुर भण्डारीका अनुसार मतगणनामा बोहराले २२ हजार ६२२ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउदले ७ हजार ४०१ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार बचनबहादुर सिंहले ४ हजार ४९७ मत प्राप्त गरेका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कुल मतदाता सङख्या एक लाख नौ हजार ५७४ रहेको छ। तीमध्ये ६४ हजार ८८१ मत खसेको थियो, जुन कुल मतदाताको ५९ दशमलव २१ प्रतिशत हो। सो निर्वाचन क्षेत्रमा चार स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन।