सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवन–२ बाट रास्वपा सभापति लामिछाने विजयी

२०८२ फाल्गुन २३, ०८:१९ खबर संवाददाता

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

चितवन २ को घोषित परिणाम अनुसार लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ९३५ मत पाएकी छिन्। यस्तै, एमालेका अस्मिन घिमिरेले ६ हजार ९९५ मत ल्याएका छन्।

लामिछानेले २०८० सालमा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेका थिए । यस्तै सो समयमा नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गरेका थिए।

कमेन्ट लोड गर्नुस