काठमाडौ १० मा रास्वपाका विष्ट विजयी
कीर्तिपुरः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी भएका छन् । उनले ३७ हजार ४ सय ६९ मत प्राप्त गर्नु भएको छ । निकट प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हिमाल कार्कीले ८ हजार १ सय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार खसेको कुल मत मध्ये दुई हजार ९३ मत बदर भएको छ । सो क्षेत्रको समानुपातिक तर्फको मत शनिबारबाट गणना गरिने जानकारी समेत उनले दिए।