३ बजेसम्म देशभर ७६ लाख मत खस्यो
२०८२ फाल्गुन २१, ०३:४२
काठमाडौंः बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ ।
देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।
कमेन्ट लोड गर्नुस