सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पासोमा फसेको चितुवाको उद्धार

२०८२ फाल्गुन १९, ०३:१५ खबर संवाददाता

दार्चुला: दार्चुलामा पासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ । 

आइतबार राति ९ बजेतिर मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ बसेडीमा स्थानीयहरुले थापेको पासोमा चितुवा फसेको थियो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लफाँटाबाट आएको प्राविधिक टोलीको सहयोगमा सोमबार राति साढे आठ बजेतिर चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए । 

कञ्चनपुरबाट आएको प्राविधिकहरुको टोलीले पासोमा फसेको चितुवालाई पासोबाट निकालेर होल्डिङ सेन्टर लगेको डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख परमानन्द कुँवरले बताए । 

बाली जोगाउन स्थानीयहरुले जंगली बँदेलका लागि थापेको ‘ग्याविन तार’को पासोमा चितुवा फसेको कुँवरले बताए । 

कमेन्ट लोड गर्नुस