सुदूर नेपाललाई विश्वसँग जोड्दै

इरानको आक्रमणबाट दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

२०८२ फाल्गुन १८, ०३:१३ खबर संवाददाता

संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणका क्रममा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुनेमा गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन्।

राजदूतावासले श्रेष्ठ त्यहाँस्थित एक कम्पनीमा सुरक्षा रक्षकका रूपमा कार्यरत रहेको जनाएको छ। उनीजायद अन्तर्राष्ट्रिय विमानस्थलमा मानवविहीन विमान निष्क्रिय पार्ने क्रममा घाइते भई निधन भएको बताइएको छ।

अबुधाबीस्थित नेपाली राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन आवश्यक सहजीकरण गरिने जनाएको छ।

कमेन्ट लोड गर्नुस