सुदूर नेपाललाई विश्वसँग जोड्दै

हवाई आक्रमणमा इरानका उच्च सैन्य अधिकारीहरूको मृत्यु

२०८२ फाल्गुन १७, ०४:१५ खबर संवाददाता

अमेरिका र इजरायलका सेनाले गरेको संयुक्त हवाई आक्रमणमा इरानका रक्षामन्त्री अजिज नासिरजादेह र सेना प्रमुख अब्दोलरहिम मौसवीको मृत्यु भएको पुष्टि गरिएको छ। शनिबार सम्पन्न उक्त आक्रमणका क्रममा दुवै उच्च अधिकारी मारिएका हुन्।

इरानी सञ्चारमाध्यमका अनुसार डिफेन्स काउनसिलको बैठक चलिरहेका बेला हवाई आक्रमण भएको थियो। सोही घटनामा इरानको रिभोल्युशनरी गार्ड्सका कमाण्डर मोहम्मद पाकपूर तथा सुरक्षा सल्लाहकार अली शामखानी समेत ज्यान गुमाएको जनाइएको छ।

यस आक्रमणले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ। क्षेत्रीय राजनीतिक तथा सैन्य परिस्थितिमा नयाँ तनाव र उथलपुथल सिर्जना हुने आकलन गरिएको छ।

कमेन्ट लोड गर्नुस