सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर भासीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

२०८२ फाल्गुन १७, ०८:३९ खबर संवाददाता

कञ्चनपुरः भीमदत्त नगरपालिका–२ भासी क्षेत्रबाट अवैध लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

शंका लागी चेकजाँच गर्ने क्रममा बेदकोट नगरपालिका–१ बस्ने वर्ष २३ का बाल चन्द्र धामी र भीमदत्त नगरपालिका–४ बस्ने वर्ष २१ का अभिषेक चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जाँचका क्रममा बाल चन्द्र धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

उनीहरुलाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस