कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
कञ्चनपुरः जिल्ला अदालत कञ्चनपुर को फैसलाअनुसार लागुऔषध मुद्दामा १ वर्ष कैद सजाय तोकिएका एक युवक पक्राउ परेका छन्।
कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–३ देखतभुली बस्ने वर्ष २३ का रविन चौधरीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट बाणी बाट खटिएको प्रहरी टोलीले उनकै घर ठेगानाबाट नियन्त्रणमा लिएको हो।
अदालतले लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै चौधरीलाई १ वर्ष कैद सजाय सुनाएको थियो। फरार रहेका उनलाई प्रहरीले खोजी गर्दै आएको थियो।
पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।