सुदूर नेपाललाई विश्वसँग जोड्दै

गत निर्वाचनमा कैलाली ५ बाट साढे सात हजार मत ल्याएका जगदीश चौधरी रास्वपा प्रवेश

२०८२ फाल्गुन १६, ०७:०२ खबर संवाददाता

धनगढी: २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेका जगदीश चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । उक्त निर्वाचनमा चौधरीले सात हजार ४६० मत प्राप्त गरेका थिए ।

गत निर्वाचनमा उल्लेखनीय मत ल्याएका चौधरी पार्टी प्रवेशपछि रास्वपा उम्मेदवार आनन्दबहादुर चन्दसँगै घरदैलो अभियानमा सक्रिय भएका छन् । उनले आफू परिवर्तनको यात्रामा सहभागी हुन रास्वपा रोजेको बताएका छन् । 

चौधरीले रास्वपा उम्मेदवार चन्दको भद्रता, स्पष्ट भिजन र धनगढी विकासप्रतिको प्रतिवद्धताबाट प्रभावित भएको बताए । साथै आदिवासी रानाथारु तथा थारु समुदायका एजेन्डामा सहमति जुटेपछि पार्टी प्रवेश गर्ने निर्णय लिएको उनले बताएका छन् । 

यसअघि नागरिक उन्मुक्ति पार्टी नेपालबाट यसपालिको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी पनि रास्वपा प्रवेश गरिसकेका छन् । कैलाली क्षेत्रमा पछिल्लो समय विभिन्न दलबाट नेताहरू रास्वपातर्फ आकर्षित हुने क्रम बढ्दै गएको छ ।

 

कमेन्ट लोड गर्नुस