सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–१३ मा निर्वाचन साक्षरता कार्यक्रम सम्पन्न

२०८२ फाल्गुन १५, ०८:०९ खबर संवाददाता

धनगढी: युथ फर फेडरल डिस्कोर्स र एफडिडब्लुएलडि को संयुक्त आयोजनामा धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा निर्वाचन साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। आसन्न फागुन २१ गते हुने निर्वाचनको तयारीस्वरूप आयोजित कार्यक्रममा ५० जना मतदाताको सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक निराजन बलायर का अनुसार कार्यक्रममा पहिलोपटक मतदान गर्ने युवादेखि ज्येष्ठ मतदातासम्मको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा निर्वाचनको महत्व, सही तरिकाले सदर मत हाल्ने प्रक्रिया, सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्ने तरिका तथा अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान प्रक्रियामा निष्पक्ष र सहज रूपमा सहभागी गराउने विषयमा व्यवहारिक जानकारी प्रदान गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस