सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा चुनावको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने

२०८२ फाल्गुन १५, ०४:४८ खबर संवाददाता

काठमाण्डौ: प्रतिनिधिसभा चुनावको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन्। निर्वाचन आयोगले ३ वटा अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई पर्यवक्षेणको लागि अनुमति दिएको छ।

आयोगले ४० वटा राष्ट्रिय पर्यवेक्षण संस्थालाई प्रशिक्षण पनि दिइसकेको छ। आचारसंहिता अनुगमन तथा पर्यवेक्षण समितिका संयोजक समेत रहनु भएका आयुक्त सगुन शमशेर जबराले तोकिएको आधार र प्रक्रिया पूरा गरेका ३ अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय संस्थाहरुले चुनावको पर्यवेक्षण गर्ने जानकारी दिए। 

त्यसैगरी आयोगको निमन्त्रणामा विभिन्न देशका निर्वाचन आयुक्त सहित १५ जना विदेशी पाहुना पनि निर्वाचन पर्यवेक्षणको लागि आउने भएका छन् ।  

 

कमेन्ट लोड गर्नुस