कञ्चनपुरबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
कञ्चनपुर: वेदकोट नगरपालिका–१० दैजीबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी टोलीले बिहीबार ६७ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २८ वर्षीय उद्धव सिंह साहुसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ। दुवै जना सोही क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएका उनीहरूलाई जाँच गर्ने क्रममा लागूऔषध बरामद भएपछि नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।