सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँः आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबारको तुलनामा सुनको मूल्य रु ६०० र चाँदीको मूल्य रु १० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन १५ हजार ४०० र एक तोलाको चाँदीको रु पाँच हजार ७२५ कायम भएको छ। गत मङ्गलबार तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७१५ निर्धारण भएको थियो।
हिजो बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५८५ निर्धारण भएको छ। गत सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० र एक तोला चाँदी रु पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १९० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।