सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

२०८२ फाल्गुन १३, ०३:३४ रासस

काठमाडौँः परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेका छन्।

मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

आजै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा उनीहरूबीच द्विदेशीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो। 
 

कमेन्ट लोड गर्नुस