सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटो रिक्सा र मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

२०८२ फाल्गुन १३, ०२:२५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी स्थित मिलन चोकमा अटो रिक्सा र मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जना घाइते भएका छन्।

बुधवार भएको दुर्घटनामा अटो चालक धनगढी – १ का ६५ वर्षीय राम सोगारत यादव, मोटरसाइकल चालक धनगढी- १७ का २९ वर्षीय रवीन्द्र साउद र मोटरसाइकलको पछाडि सवार डोटीको बडिकेदार-२ का २८ वर्षीय पदम बहादुर साउद घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सुप प्र ०१०१० प ३२१८ नम्बरको मोटरसाइकल र धउमनपा ०६३९ नम्बरको अटो रिक्सा दुर्घटनामा घाइते भएका तीनै जनाको केजी अस्पताल धनगढीमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस