धनगढी उपमहानगरपालिकामा लागूऔषधसहित तीन युवक पक्राउ
धनगढी: कैलाली कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन युवक पक्राउ परेका छन्।
मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट करिब ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा कैलालीको बर्दगोरिया गाउँपालिका–२ घर भई हाल धनगढी–२ मा बसोबास गर्दै आएका २९ वर्षीय कनैया चौधरी रहेका छन्।
यस्तै, अछामको साफेबगर नगरपालिका–८ स्थायी घर भई धनगढी–२ मा बस्दै आएका २६ वर्षीय महेश कुँवर र २९ वर्षीय गौरव स्वार पनि पक्राउ परेका छन्।
प्रहरीले बरामद गरिएको पदार्थसहित तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।