कञ्चनपुरमा भन्सार छलिका सामान बरामद
कञ्चनपुरः कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलि गरी अवैध रूपमा ल्याइएका किराना तथा हार्डवेयरका सामान प्रहरीले बरामद गरेको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेका ती सामानको अन्दाजी मूल्य रु। ५२ हजार ३२ रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।