सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-५ का उम्मेदवारसँग धनगढीमा  खुला बहस

२०८२ फाल्गुन १२, ११:१५ खबर संवाददाता

धनगढी: कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवारसँग खुला बहस आयोजना गरिएको छ। धनगढी रङ्गशालामा अहिले खुला बहस भइरहेको छ।

जेन्जी सुदूरपश्चिम कमिटीको आयोजनामा भइरहेको खुला बहसमा कैलाली(५ का ८ जना उम्मेदवार सहभागी भएका छन्।

खुला बहसमा नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुङ्गाना, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डाक्टर आनन्दबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले, उज्यालो नेपाल पार्टीका उम्मेदवार चन्द्र साउँद, नेकपा माओवादीका बबरजङ्ग बहादुर सिंह, जनमतका धनबहादुर चौधरी, राष्ट्रिय जनमोर्चाका शोभामणी जोशी र स्वतन्त्र उम्मेदवार इश्वरी विष्ट सहभागी छन्। नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाह भने बहसमा सहभागी भएका छैनन्।

खुला बहसमा प्राध्यापक डाक्टर सुरेन्द्र केसी, सञ्चारकर्मी र सर्वसाधारणको उपस्थिति रहेको छ। साढे १० बजे सुरू भएको कार्यक्रम एक बजेसम्म चल्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस