सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलि गरिएका करिब ११ लाख बराबरका सामान बरामद

२०८२ फाल्गुन १२, ०८:३६ खबर संवाददाता

कैलालीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले कैलालीका विभिन्न स्थानबाट भन्सार छलि गरि भारतबाट अवैध रूपमा ल्याइएका करिब १० लाख ५९ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–८ स्थित क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका अन्दाजी मूल्य रु. २ लाख ७८ हजार ४ सय १० बराबरका पंखा क्लिप, पंखा हुक, बेरिङ लगायतका सामग्री सोमबार नियन्त्रणमा लिइएको हो। उक्त सामान भारतबाट भन्सार छलि गरि ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यसैगरी, धनगढी उपमहानगरपालिका–१८ फुलबारी स्थित घरबाट अन्दाजी मूल्य रु. ७ लाख ८० हजार ८ सय ९० बराबरका विभिन्न इलेक्ट्रोनिक सामग्री बरामद गरिएको छ। उक्त घरका धनी ३५ वर्षीय रामचन्द्र जोशीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस