सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ

२०८२ फाल्गुन ११, ०९:४१ खबर संवाददाता

धनगढीः कैलाली जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

पहिलो घटनामा, लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित २० वर्षीय सन्तोष सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। सुर्खेतको बराहताल गाउँपालिका–१ श्रीचौर स्थायी घर भएका सुनार हाल चिसापानीमै बस्दै आएका थिए। इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, टीकापुर नगरपालिका–८ खक्रौला क्षेत्रबाट ९१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई आइतबार साँझ पक्राउ गरिएको छ। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ बस्ने २७ वर्षीय राम बहादुर रसाइली र १९ वर्षीय बिशाल बिश्वकर्मा रहेका छन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरूको साथबाट लागूऔषध बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस