सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचनकाे समयमा तीन दिन सार्वजनिक बिदाका लागि सिफारिस

२०८२ फाल्गुन १०, ०४:४६ खबर संवाददाता

काठमाडौँ: फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागिताका लागि फागुन २०, २१ र २२ गते गरि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो । 

‘हामीले फागुन २१, २२ र २३ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेका छौँ । स्वीकृत गर्ने/नगर्ने सरकारको कुरा हो’, भण्डारीले भने । 

यदि आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेमा लगातार ७ दिन सार्वजनिक बिदा हुने छ । फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २२ र २३ गते क्रमश: शनिबार र अन्तराष्ट्रिय नारी दिवस पर्ने भएकाले लगातार एक हप्ता बिदा हुने भएको हो।

कमेन्ट लोड गर्नुस