सुनको मूल्य बढ्यो
धनगढीः साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने प्रतिदश ग्राम २ लाख ६६ हजार ३० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ र प्रतिदश ग्राम २ लाख ६१ हजार २३० रुपैयाँमा कारोबार भएको थियो। दुई दिनको अन्तरालमा सुनको मूल्य प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँ र प्रतिदश ग्राम ४ हजार ६५१ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ र प्रतिदश ग्राम ४ हजार ३३० रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ।