सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल रिकन्डिसन अटो व्यवसायी संघ सुदूरपश्चिमको दोस्रो अधिवेशन सम्पन्न, नयाँ समिति चयन

२०८२ फाल्गुन १०, ०६:२७ खबर संवाददाता

धनगढी: नेपाल रिकन्डिसन अटो व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनबाट नौ सदस्यीय स्थायी समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।

अधिवेशन संघका केन्द्रीय अध्यक्ष रमेशप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा धनगढीमा सम्पन्न भएको हो। नवगठित समितिको अध्यक्षमा विक्रम ऐर चयन भएका छन्। उपाध्यक्षमा खेमराज भट्टराई, सचिवमा मनोज सुनार र कोषाध्यक्षमा ज्ञानु चौधरी चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा हर्क पाल, दिपेन्द्र विक, ललित ऐर, रणजीत खत्री र करन सिंह धामी चयन भएका छन्। समितिका सल्लाहकारमा हरिबहादुर रावत, महेन्द्र शर्मा, भीमबहादुर थापा र पुष्कर अवस्थी रहेका छन्।

कमेन्ट लोड गर्नुस