रौतहटमा दुई समुदाय बीच झडपपछि कर्फ्यू आदेश जारी
रौतहट: रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदाय बीचको झडपले उग्र रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश लागू गरिएको हो। विवाद मस्जिदमा प्राथना भइरहेको बेलामा हिन्दू समुदायले बाजा बजाएको विषयबाट सुरु भएको थियो।
झडपका क्रममा केही सवारी साधनमा आगजनी र घर तोडफोड भएको छ भने केही व्यक्तिहरू सामान्य घाइते भएका छन्।