सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा बैतडीस्थित महादेव माविलाई साढे ४ लाख आर्थिक सहयोग 

२०८२ फाल्गुन ८, ०८:२४ खबर संवाददाता

धनगढी: नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बैतडीको सिगास गाउँपालिका वडा नं ६ थलाकाँडा स्थित महादेव माध्यमिक विद्यालयलाई ४ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

शुक्रबार एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण महर्जनले विद्यालयका प्रधानाध्यापक मोहनसिँह ऐरलाई ४ लाख ६० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्। 

नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक सुधारका लागि सो रकम सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत महर्जनले जानकारी दिए।
 उक्त सहयोग रकम ग्रहण पश्चात विद्यालयका प्रधानाध्यापक मोहनसिँह ऐरले कम्पनी प्रति आभार प्रकट गर्दै विद्यालयलाई आवश्यक शैक्षिक तथा भौतिक सामग्री प्रबन्ध गर्न सहयोग पुग्ने बताए।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समिति सदस्य बीर बिक्रम रायमाझी, सहायक प्रमुख कार्यकारी अधिकृत चन्द्रनाथ उप्रेती, मुख्य प्रबन्धक निरज कोइराला, धनगढी प्रादेशिक शाखा कार्यालयका प्रमुख खेमराज अवस्थी, अत्तरिया शाखा प्रमुख शिवराज ओझा तथा अन्य कर्मचारी र विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस