सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व सामाजिक न्याय दिवस आज मनाइँदै

२०८२ फाल्गुन ८, १०:४६ खबर संवाददाता

धनगढी: आज विश्व सामाजिक न्याय दिवस विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। हरेक वर्ष यो दिवस अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को तत्वावधानमा मनाइने गरिन्छ।

सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेपछि सन् २००९ देखि प्रत्येक वर्ष फेब्रुअरी २० तारिखका दिन यो दिवस मनाउने निर्णय गरिएको हो।

सामाजिक न्याय, समान अवसर, श्रम अधिकार र गरिमायुक्त कामको प्रवर्द्धन गर्दै विश्व समुदायलाई एकजुट हुन आह्वान गर्नु यस दिवसको मुख्य उद्देश्य रहेको छ।
 

कमेन्ट लोड गर्नुस