सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकराज पाण्डेय (आगो) द्वारा घण्टेश्वर माध्यमिक विद्यालयलाई सहयोग 

२०८२ फाल्गुन ७, ०५:४६ खबर संवाददाता

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको घण्टेश्वर माध्यमिक विद्यालयलाई युवा नेता तथा समाजसेवी लोकराज पाण्डेय (आगो) ले आर्थिक सहयोग गरेका छन् ।

विद्यालयमा मन्दिर निर्माणका लागि १० हजार १ रुपैयाँ सहयोग गरेका हुन । आफै अस्वस्थ रहेको वेला नेता आगोले सरस्वती माताको मन्दिर निर्माणका लागि युवा नेता सहयोग गरेका छन । उनी पायल्सको बिरामी छन् । अहिले उनी उपचार्थ रहेका छन् ।

विद्यालयको ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा आतिथ्यका रूपमा सहभागी हुँदै विद्यालयलाई क्युआर मार्फत सहयोग गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेयले जनताको साथ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको मेहनत र समर्पणका कारण विद्यालयले हालसम्म निरन्तर प्रगति गरिरहेको उल्लेख गरे । उनले इमानदार र प्रतिबद्ध युवाहरूले विकासको नेतृत्व गर्न सक्ने बताउँदै शैक्षिक क्षेत्रको सुदृढीकरणमा सबैको सहकार्य आवश्यक रहेको धारणा राखे ।

उनले इमानदार र प्रतिबद्ध युवाहरूले विकासको नेतृत्व गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा विद्यालयलाई शैक्षिक तथा भौतिक पूर्वाधारका दृष्टिले अझ सक्षम बनाउनेतर्फ सबै पक्षले ध्यान दिनुपर्ने सुझाए । उनले स्थानीय तहले आवश्यक सम्मान र सहयोग प्रदान गरेमा आगामी दिनमा विद्यालयलाई अझ अग्रसर बनाउन आफू आशावादी रहेको उल्लेख गरे ।

त्यसैगरी नेता आगोले वडामा खेलमैदान निर्माणका लागि कसैले नेतृत्व लिएमा आफूबाट ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल भट्टलाई आफ्नै कार्यकालमा कक्षा ११ र १२ सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

कमेन्ट लोड गर्नुस