सुदूर नेपाललाई विश्वसँग जोड्दै

 धनगढी सभा संयमताको परीक्षाः रिमा विश्वकर्मा

२०८२ फाल्गुन ६, ०४:०२ खबर संवाददाता

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता रिमा विश्वकर्माले सुदूरपश्चिमलाई ‘सुदूर होइन, सुन्दर’ बनाउने लक्ष्यका साथ धनगढीमा सभा आयोजना गरिएको बताएकी छन्।

सभालाई सम्बोधन गर्दै उनले रास्वपा आम जनतामाझ लोकप्रिय बन्दै गएको उल्लेख गर्दै सोहीअनुसार जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखिन्।

कार्यक्रम सञ्चालनसमेत गरेकी विश्वकर्माले सभामा संयमता कायम राख्नुपर्नेमा जोड दिँदै कसैविरुद्ध नाराबाजी नगर्ने स्पष्ट पारिन्। “कसैका विरुद्धमा नाराबाजी गर्ने छैनौँ, हामीले यही सभाबाट संयमताको परीक्षा दिनुपर्ने छ,” उनले भनिन्।
 

कमेन्ट लोड गर्नुस