सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुनावी माहोलबीच राष्ट्रिय स्तरका व्यवसायी र मजदुर नेता धनगढी आइपुगे

२०८२ फाल्गुन ६, ११:४० खबर संवाददाता

धनगढीः देशभर चुनावी माहोल तातेका बेला राष्ट्रिय स्तरका व्यवसायी तथा मजदुर संगठनका नेताहरू धनगढी आइपुगेका छन्।

राष्ट्रिय व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौला, नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव अजयकुमार राई र नेपाल यातायात मजदुर संघका राष्ट्रिय अध्यक्ष धर्मराज भण्डारी आज धनगढी विमानस्थलमा ओर्लिएका हुन्।

नेपाली काँग्रेस निकट मजदुर नेता धनगढी आइपुगेका हुन्। नेपाली काँग्रेसका उम्मेदवारहरुका पक्षमा चुनावी माहोल सिर्जना गर्न उनीहरू धनगढी पुगेका हुन्।

आज धनगढीमा हुने कार्यक्रममा भाग लिन काँग्रेस निकट मजदुर संगठनका नेताहरू धनगढी पुगेका हुन्।

धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरूले फागुन २१ गते हुने निर्वाचनले मुलुकमा लगानी मैत्री वातावरण बन्ने बताएका छन्।

नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले मुलुक र जनताको भलाइका लागि काँग्रेसका उम्मेदवारहरूले चुनाव जित्नुपर्ने बताएका छन्।
 

कमेन्ट लोड गर्नुस