सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ

२०८२ फाल्गुन ६, ०८:३३ खबर संवाददाता

कैलालीः जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित सात जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिक भित्री सडक खण्डबाट ३ ग्राम ९९० मिलिग्राम लागूऔषधसहित २७ वर्षीय सुनिल चौधरी पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध व्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ।

त्यस्तै धनगढी–१३ बाट १७० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका २७ वर्षीय बलबहादुर चौधरी पक्राउ परेका छन्। उनलाई प्रहरी चौकी कैलालीगाउँको टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी बर्दगोरिया गाउँपालिका–२ बौनियाँगाउँबाट १ ग्राम २७० मिलिग्राम लागूऔषधसहित २७ वर्षीय सुनिलकुमार चौधरी र २७ वर्षीय रतिराम थारू पक्राउ परेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँको टोलीले पक्राउ गरेको जनाएको छ।

धनगढी–१३ राजपुरबाट २७० मिलिग्राम लागूऔषधसहित २४ वर्षीय विनोद ओड पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

यस्तै गोदावरी नगरपालिका–३ स्थित ग्यास कम्पनी नजिकबाट ७५० मिलिग्राम लागूऔषध र एक थान नापतौल गर्ने तराजुसहित २७ वर्षीय अनुज रावत र २७ वर्षीय मोहन वडैला पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस