सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा निर्वाचनको माहोलसँगै घन्कन थाल्यो दमाहा बाजा

उम्मेदवार घरदैलो कार्यक्रममा जाँदा स्वागतका लागि दमाहा बाजा बजाउँदै । तस्बिर : शेरबहादुर सार्की
उम्मेदवार घरदैलो कार्यक्रममा जाँदा स्वागतका लागि दमाहा बाजा बजाउँदै । तस्बिर : शेरबहादुर सार्की
२०८२ फाल्गुन ५, ०५:३५ खबर संवाददाता

बाजुराः बाजुराका विभिन्न गाउँ बस्तीको घरदैलोमा झुन्ड्याएर राखिएको दमाहा बाजा प्रगोगमा आउन थालेका छन् । 

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा यहाँका उम्मेदवारहरू घरदैलो कार्यक्रममा गाउँ बस्तीमा गएसँगै लामो समयदेखि घरमा थन्किएका दमाहा बाजा प्रयोगमा आएको हो । 

यती बेला बाजुरामा चुनावी प्रचारप्रसारको निकै रौनकता छाएको छ । चुनावी अभियानमा गाउँमा आउने उम्मेदवारहरूलाई यही दमाहा बाजाले स्वागत गर्ने गरेपछि गाउँका दमाहा बाजाको पनि प्रयोग हुने गरेको स्थानीय बताउँछन्।

त्रिवेणी नगरपालिका नरी नेपालीले जिल्लाका विभिन्न गाउँ बस्तीमा उम्मेदवारहरूले आफ्नो घरदैलो कार्यक्रममा सुरु गरेकाकाले गाउँ बस्तीमा पुगेपछि स्वागतका लागि आफुहरूको बाजाको पनि प्रयोग हुने गरेको बताए।  

उनले भने “पहिला माघ फागनुमा विवाह र दशैँमा दमाहा बाजा बजाउने गरिन्थ्यो । अहिले प्राय विवाह हुँदैनन्, भएपनि सहरको ब्यान्ड बाजा ल्याउने गर्छन्। ”

यसरी गाउँमा ब्यान्ड बाजा ल्याएर बजाउने थालेपछि हाम्रो पुस्तौले जिविकोपार्जनका लागि प्रयोगमा ल्याएको यो दमाहा बाजा लोप हुने चिन्ता छ । लामो समयदेखि प्रयोगमा नआएको दमाहा बाजा यति बेला चुनावी माहोल तात्तिँदै गएपछि उम्मेदवारहरूको स्वागतका लागि प्रयोगमा हुने गरेको नेपालीले बताए। 

गाउँमा उम्मेदवारहरू आउँदा उनिहरुलाई स्वागतका लागि दमाहा बाजा बजाउने गरे सँगै अहिले यहाँका अधिकाशं गाउँ बस्ती दमाहा बाजाले गुञ्जयमान हुने गरेका छन्। त्रिवेणी नगरपालिका–२ का अर्का स्थानीय हीरा नेपालीले गाउँमा उम्मेदवार आउँदा दमाहा बाजा बजाउँनका लागि पहिला आफुलाई खबर आउने गरेको बताए। 

उनले भने, “हामीले उम्मेदवार आउँदा उनीहरूलाई स्वागतका लागि दमाहा बाजा बजाउने गर्छौं। उहाँहरूले पनि हामीलाई सो बाजा बजाएबापत रुपियाँ दिनुहुन्छ।” दमाहा बनाएर घरमा त्यसै राख्ने गरेका थियौं । चुनावी सगर्मी बढसँगै हाम्रो दमाहा बाजाको पनि प्रयोग हुने गरेको छ । निर्वाचन नसकिउन्जेल सम्म यो बाजा प्रयोग हुन्छ ।

अहिले सबै उम्मेदवारहरू गाउँमा आउँदा स्वागतका लागि बजाउने गरेको यो बाजा पछि जितेका उम्मेदवारहरूको विजयी जुलुसमा मात्र प्रयोग हुने नेपालीले बताए। त्रिवेणी नगरपालिका दलित नेटवर्क अध्यक्ष वीरबहादुर विकले पहिला गाउँ बस्तीमा विवाह हुँदा जामा लगाएर बजाइने गरेको दमाहा बाजा अहिले गाउँमा उम्मेदवारहरू आउँदा बजाउने गरेको बताए।  

उनले भने, “अहिले अधिकांश बाजा बजाउनेलाई केही रोजगारीको अवसर समेत मिलेको छ। उनीहरुले थोरै दिनमा भएपनि बाजा बजाउने असर पाउँदा निकै खुसी छन् । आफ्नो सीपलाई प्रयोगमा ल्याउन पाउँदा उनीहरू खुसी हुने भएका हुन्।”

दमाहा बाजा प्राय नेपाली दमाई दास नगार्जीले बजाउने विवाह दशैँ पाटी पौवामा बजाउने गर्छन् । उनीहरूका लागि यो दमाहा बाजा कमाइ खाने भाँडो पनि हो । यहाँ यो बाजा लोप हुँदै जाने अवस्था थियो।

गत वर्ष उनिहरुले यो बाजालाई संरक्षण हुने गरी केही पालिकादेखि रकम माग गरेका थिए। अहिले यहाँका स्थानीयले बाजा नयाँ बनाएर गाउँ बस्तीका विभिन्न कार्यक्रममा बजाउने गरेको विकले बताए। 
 

कमेन्ट लोड गर्नुस