सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद

file photo
file photo
२०८२ फाल्गुन ३, ०७:४६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमका दुई जिल्लामा भारतबाट भन्सार छलि गरी अवैध रूपमा भित्र्याइएका सामानहरू प्रहरीले बरामद गरेको छ।

भजनी नगरपालिका–३ काँढा पुलस्थित क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याइएका अन्दाजी मूल्य रु. ५०,७९५ बराबरका बिडी, सुर्ती लगायतका सामान शनिबार साँझ प्रहरीले फेला पारेको हो। इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट पनि भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी मूल्य रु. १,५२,००० बराबरका अवैध बोइलर कुखुरा, माछा, कपडा लगायतका सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानहरू सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
 

कमेन्ट लोड गर्नुस