सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी दिनेशराज जोशी एक सातादेखि बेपत्ता

२०८२ फाल्गुन २, ०३:५२ खबर संवाददाता

कैलाली: कैलालीको धनगढीबाट एक विद्यार्थी गत सातादेखि सम्पर्कविहीन भएपछि परिवारले खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडर–दह गाउँ घर भई हाल धनगढी उपमहानगरपालिका–५ तारानगरमा बस्दै आएका दिनेशराज जोशी बेपत्ता भएका हुन् ।  

उनि कैलाली बहुमुखी क्याम्पसमा बिएस्सी प्रथम बर्षमा अध्ययनरत रहेका छ्न्। गएको माघ २३ गतेदेखि जोशी सम्पर्कविहिन रहेका उनका आफन्तले जनाएका छन् । नियमित रूपमा घरपरिवारसँग सम्पर्कमा रहने उनी एक्कासी सम्पर्कविहीन भएपछि परिवार चिन्तामा परेको छ । 

आफन्त र साथीभाइमार्फत खोजी गर्दासमेत अहिले सम्म जोशीको अवस्था अज्ञात रहेको छ । जोशीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा मोबाइलन नम्बर ९८६९१५५४१६ र ९८६९५६४९४६ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।  

कमेन्ट लोड गर्नुस