सुदूर नेपाललाई विश्वसँग जोड्दै

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मुख्यमन्त्रीलाई देउवाको निर्देशन

२०८२ माघ २८, ०२:५६ खबर संवाददाता

काठमाडौंः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सरकारको तर्फबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन तथा नेपाली काँग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सक्रिय रूपमा लाग्न निर्देशन दिएका छन्।

बुधबार महाराजगञ्जस्थित देउवा निवासमा भएको भेटघाटका क्रममा सभापति देउवाले उक्त निर्देशन दिनुभएको हो। उनले नेपाली काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनमा सबै नेता–कार्यकर्ता पूर्ण रूपमा समर्पित हुनुपर्ने बताए। स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको अपरिहार्यता रहेकोमा उनले जोड दिए।

सो अवसरमा नेपाली काँग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेट भएको थियो। भेटका क्रममा सभापति देउवा र डा। राणा देउवाले मुख्यमन्त्री शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो।

कमेन्ट लोड गर्नुस