सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विभिन्न स्थानबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

२०८२ माघ २८, ०८:४७ खबर संवाददाता

कैलाली: जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ र राति छुट्टाछुट्टै स्थानमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला कैलाली टिकापुर नगरपालिका–९ खक्रौलाबाट ३ ग्राम ९५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित लम्कीचुहा नगरपालिका–१ बस्ने २८ वर्षीय सन्तोष खत्री पक्राउ परेका छन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ।

यस्तै, गोदावरी नगरपालिका–२ अत्तरिया स्थित बसपार्कबाट ५६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दार्चुला जिल्ला, लेकम गाउँपालिका–४ बस्ने २८ वर्षीय राजेन्द्र पाललाई पक्राउ गरिएको छ। लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनको साथबाट उक्त पदार्थ बरामद गरेको हो।

यसैगरी, लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट २२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित भारतको उत्तराखण्ड प्रदेश, चम्पावत जिल्ला, पूर्णागिरी नगरपालिका बनबासा बस्ने ३० वर्षीय हर्दिप चन्द पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महेन्द्रनगरबाट नेपालगञ्जतर्फ जाँदै गरेको डीएल ६ एसबिसी ५१०० नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस