कैलालीमा फरार रहेका तीन प्रतिवादी पक्राउ
कैलाली: जिल्ला अदालत कैलालीबाट विभिन्न मितिमा कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हिजो पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा लागूऔषध चरेश मुद्दामा १ वर्ष कैद सजाय र रु. १०,००० जरिवाना तोकिएका जिल्ला बझाङ, बित्थडचिर गाउँपालिका–२ बस्ने करन बहादुर बोहरा रहेका छन्।
यस्तै, लागूऔषध मुद्दामा १ महिना २२ दिन कैद सजाय तोकिएका जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय गणेश राना पनि पक्राउ परेका छन्।
त्यसैगरी, आगजनी (आगो लगाएको) मुद्दामा ६ महिना कैद सजाय तोकिएका जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका–१७ बस्ने गंगाराम पार्कीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार पठाइने प्रहरीले जनाएको छ। प्रहरीले फैसला कार्यान्वयन अभियानलाई तीव्रता दिइएको पनि जानकारी दिएको छ।