सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२ माघ २७, ०८:२० खबर संवाददाता

कैलाली: कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सम्मानित जिल्ला अदालत कैलालीको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २ वर्ष कैद र ५ सय रुपैयाँ जरिवाना सजाय पाएका धनगढी उपमहानगरपालिका–२ निवासी ३४ वर्षीय हरि यादवलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।२६ गते धनगढी उपमहानगरपालिका–३, मिलनचोक क्षेत्रबाट यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार फैसलाको कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

कमेन्ट लोड गर्नुस