अत्तरियामा सेभ हाउसद्वारा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु
धनगढी: कैलालीको अत्तरियामा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुँदैछ। महिला तथा बालबालिका सेभ हाउसको आयोजनामा महायज्ञ सञ्चालन हुन लागेको हो।
आयोजकका अनुसार आज बिहान ११ बजेदेखि गोदावरी नगरपालिका–२, महेन्द्रनगर रोडमा अवस्थित सेभ हाउसको प्रांगणमा महायज्ञ प्रारम्भ हुनेछ। संस्थामा आश्रित बालबालिकाको हितका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको जनाइएको छ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ फागुन ३ गतेसम्म सञ्चालन हुने छ। आयोजकले धर्म, ज्ञान र सेवाको संगममा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।