सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० विश्वकप क्रिकेटः आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

२०८२ माघ २५, ११:४९ रासस

काठमाडौँः आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने उक्त खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ। विश्वकपमा नेपालको यो तेस्रो सहभगिता हो। यसअघिका दुई विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

नेपाल र इङ्ल्यान्ड पहिलोपटक भिड्दैछ्न। टी–२० वरियतामा नेपाल १६औँ स्थानमा रहँदा इङ्ग्ल्यान्ड तेस्रो स्थानमा छ। त्यस्तै इङ्ग्ल्यान्डले पछिल्लोपटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो भने यता नेपाल समूह चरणबाट बाहिरिएको थियो। प्रतियोगितामा समूह ‘सी’मा रहेको नेपालको समूहमा इङ्ल्यान्डसँगै वेष्टइन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन्।
 

कमेन्ट लोड गर्नुस