कञ्चनपुरमा किराना पसलबाट लागूऔषधसहित चार जना पक्राउ
कञ्चनपुर: जिल्लाको बेदकोट नगरपालिका–२, बसन्थला स्थित एक किराना पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
शनिबार राति अस्थायी प्रहरी बिट चम्फापुर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बेदकोट नगरपालिका–१ निवासी २४ वर्षीय धिरु चन्दसहित चार जनालाई १ ग्राम ७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरेको हो।
प्रहरीले उक्त पसलमा खानतलासी गर्दा शंकास्पद लागूऔषध फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।