सुदूर नेपाललाई विश्वसँग जोड्दै

वरिष्ठ कलाकार सुनिल थापाको निधन

२०८२ माघ २४, ११:५८ खबर संवाददाता

काठमाण्डौ: वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनकाे आज बिहान निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए। 

काठमाण्डौको शंखमुलमा रहेको अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अस्वस्थ भएपछि थापाथलीमा रहेको नर्भिक अस्पताल लगिएको थियो । उनलाई हृदयघात भएको अस्पतालले जनाएको छ । थापाको शवलाई अहिले अस्पतालमै राखिएको छ ।

६८ वर्षीय थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय रहेका थिए। नेपाली चलचित्र क्षेत्रमा ‘खलनायक’ को भूमिका धेरै रहेका उनि ‘राते काइला’ को रुपमा पनि चिनिन्छन्। 

थापाको परिवार भारतको मुम्बईमा रहेको र परिवारका सदस्य काठमाण्डौ आइपुगेपछि मात्रै अरु प्रकृया हुने कलाकार संघका अध्यक्ष निरौलाले जानकारी दिए। 

थापाको निधनमा कलाकार तथा शुभचिन्तकहरुले नेपाली चलचित्र क्षेत्रले बलियो धरोहर गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । 

कमेन्ट लोड गर्नुस