सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका २ किशोर लागूऔषधसहित पक्राउ

२०८२ माघ २४, ०७:४२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका २ किशोर लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट १ ग्राम १५० मिलिग्राम लागूऔषध खैरोहेरोइनसहित शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने १८ वर्षीय दुई जना किशोर लागूऔषधसहित पक्राउ परेका हुन्।

किशोरलाई शुक्रवार राति इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा सु.प.प्र.०१–०१० प ३५८७ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस