सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक जना लागूऔषधसहित पक्राउ

२०८२ माघ २३, ०७:३८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको बेलडाँडी गाउँपालिका १ बेलडाँडीबाट ६०० मिलिग्राम लागू औषध खैरो हेरोईनसहित सोही ठाउँको रौलेश्वर टोल बस्ने २० वर्षीय चन्द्र खड्का लागूऔषधसहित पक्राउ परेका हुन्। खड्कालाई बिहीवार राति प्रहरीले पक्राउ गरेको हो।

बेलडाँडी प्रतिक्षालयमा संकास्पद रुपमा बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले खड्कालाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस