सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना

 AI image
AI image
२०८२ माघ २२, ०८:१३ खबर संवाददाता

धनगढी: बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। जन्ती बोकेर बझाङ तर्फ जान लागेको बस बैतडीको पुर्चौडी नगरपालिक-७ बडूगाउँ मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बझाङको वित्थडचिर गाउँपालिकाबाट बैतडीको पुर्चौडी-७ भवने आएको जन्ती फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बस दुर्घटनाको खबर पाउने बित्तिकै घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको तर विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस