अत्तरिया मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, दुई घाइते
धनगढी: गोदावरी नगरपालिका–१ मनहरा क्षेत्रमा बिहीबार ६ लेन सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा ४५ वर्षीय गोपाल रानाको मृत्यु भएको छ।
दुर्घटनामा सुप प्र ०१०११ प ८५८५ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका – ५ का २३ वर्षीय नब्लु राना र मोटरसाइकलको पछाडि सवार कृष्णपुर नगरपालिका – ६ का २३ वर्षीय मनुराज राना घाइते भएका छन्।
उनीहरूको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। रोड क्रस गर्ने क्रममा धनगढीबाट अत्तरिया तर्फ आउँदै गरेको मोटरसाइकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले बताएको छ।