गौरीगंगाको प्यराडाइज बोर्डिङ स्कुलमा आगलागी, १५ लाख बराबरको क्षति
धनगढी: कैलालीको गौरीगंगा नगरपालिका–४, राजीपुरस्थित प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा गएराति विद्युत् सर्टका कारण आगलागी भएको छ। आगलागीबाट विद्यालयको कम्प्युटर ल्याब र विभिन्न शैक्षिक सामग्री पूर्ण रूपमा नष्ट भएका छन्।
विद्यालय प्रशासनका अनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। घटनामा मानवीय क्षति भने भएको छैन।
प्रारम्भिक अनुसन्धानबाट विद्युतीय सर्टका कारण आगलागी भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।